आज प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने

२६ जेठ, २०७७ काठमाडौं । संघीय संसद प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने र विनियोजन विधेयक पारित गर्ने कार्यसुची रहेको छ ।
संसद भवन बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्सहित २१ वटा मन्त्रालयको बजेटका बारेमा सांसदहरुले उठाएको प्रश्नको सम्बन्धीत मन्त्रीले जवाफ दिने कार्यसुची रहेको छ।
बैठकमा सांसदहरुले पेश गरेको दुई दर्जन बढी खर्च कटौतीका प्रस्तावहरु निर्णयार्थ पेश गर्ने कार्चसुची समेत रहेको छ ।
मन्त्रीको जवाफ र खर्च कटौतीका प्रस्ताव निर्णयार्थ पेश भएपछि अर्थमन्त्री डाक्टर युवराज खतिवडले विनियोजन विधेयक निर्णयार्थ पेश गर्नुहुने छ ।
यस्तै आर्थिक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव समेत पेश गर्ने कार्यसुची रहेको छ ।
प्रतिक्रिया