Main News

कोरोनामुक्त भएर डिस्चार्ज हुनेहरुको संख्या बढ्दो, रुपन्देहीमा जनप्रतिनिधिसहित ९ जना डिस्चार्ज (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ २५ गते १९:५४
कोरोनामुक्त भएर डिस्चार्ज हुनेहरुको संख्या बढ्दो, रुपन्देहीमा जनप्रतिनिधिसहित ९ जना डिस्चार्ज (भिडियोसहित)

२५ जेठ, २०७७, बुटवल । नेपालमा कोरोना संक्रमण मुक्त भएर घर फर्कने क्रम बढिरहेको छ । यही क्रममा आज बुटवलको एन्फा एकेडेमीमा सञ्चालन गरिएको आईसोलेशन अस्पतालबाट एक जनप्रतिनिधि र ८ वर्षिया बालिकासहित ९ जना डिस्चार्ज भएका छन् ।

बुटवलको एन्फा एकेडेमीको आईसोलेशन अस्पतालबाट कपिलबस्तुको वाणंगगा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष भिष्मराज भुषाल पनि डिस्चार्ज हुनुभयो । भारतबाट आएकाको उद्धार र क्वारन्टिन निर्माणमा जुट्दा संक्रमित भएका वडाध्यक्षसहित ९ जना १४ दिनमै मुक्त भए ।

सामान्य सजगता र सतर्कता अपनाउँदा कोरोनालाई जितेको वडाध्यक्ष भुसालको अनुभव छ । त्यसैले आफूले कसरी जितें र अरुले पनि जित्न सक्छ भनेर सिकाउने उहाँको प्रतिवद्धता छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी कोरोना संक्रमण मुक्त भएर घर फर्किन लागेकालाई हौसला दिन अस्पताल पुग्नुभयो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाव परिक्षणमा रिपोर्ट नेगेटिभ आएपछि आईतबार ९ जनालाई डिस्जार्च गरिएको हो । उनीहरुमा कोरोना संक्रमणको सामान्य लक्षण समेत थिएन ।

लुम्बिनी आयुर्वेदिक चिकित्सालयले संक्रमितको हेरचाह र आयुर्वेदिक पद्धतिबाट उपचार गराउँदै आएको छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन दैनिक रुपमा योग, ब्यायाम र आयुर्वेदिक औषधीको प्रयोग गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *