Political Hightlights
जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता, ठाकुर र यादव अध्यक्ष
२०७७ जेठ २५ गते १९:२२
![जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता, ठाकुर र यादव अध्यक्ष](https://www.himalayatv.com/wp-content/uploads/2020/06/janata-samajbadi-parti.jpg)
२५ जेठ, २०७७ काठमाडौं । वरियता विवाद मिलाएर जनता समाजवादी पार्टीले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ ।
पार्टीमा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहने सहमति भएको छ । सहमति अनुसार ठाकुर पहिलो र यादव दोस्रो वरियतामा हुनुहुन्छ ।
डाक्टर बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र महतोलाई वरिष्ठ नेता बनाइएको छ । ५३ सदस्यीय कार्यकारिणी समिति बनाइएको छ । यस्तै संघीय परिषद एक हजार एक सदस्यीय सम्म हुनेछ ।
निर्वाचन आयोगमा दल दर्ताको म्याद आजै सकिनै लाग्दा दुवै दलबीच एकिकृत दलको वरियता र कार्यकारी अधिकारमा कुरा मिलेको हो । दिउँसो भट्टराई, ठाकुर र यादव तीन जना अध्यक्ष बन्ने सहमति भएपनि पछि उल्टिएको हो ।
प्रतिक्रिया