२५ जेठ, २०७७ काठमाडौं । सत्तारुढ नेकपाका सांसद रामनारायण बिडारीले प्रदेश सरकारको अस्तित्वमाथि प्रश्न उठाउनुभएको छ ।
राष्टिय सभाको विशेष समयमा बोल्दै सांसद बिडारीले कोरोना महामारीमा प्रदेश सरकारले काम गर्न नसकेको टिप्पणी गर्नुभयो ।
काम एकातिर गर्नुपर्ने भएपनि प्रदेश सरकारले अर्कोतिर गरिरहेको टिप्पणी गर्दै सांसद बिडारीले यस्तै रहे प्रदेश सरकार आफै समाप्त भएर जाने बताउनुभयो । उहाँले प्रदेश सरकारलाई बाँदरको पुच्छरसँग तुलना गर्नुभयो ।
अहिले प्रदेश सरकारको सक्रियता र कामका विषयमा प्रश्न उठिरहेको छ, प्रदेश सरकारले काम गर्न नसकेको व्यापक गुनासो छ ।