Main News

सुत्केरीको अपरेशनमा संलग्न मध्यपुर अस्पतालका चिकित्सकसहित ३० जना क्वारेन्टिनमा

हिमालय टिभी
२०७७ जेठ २५ गते १६:१६
सुत्केरीको अपरेशनमा संलग्न मध्यपुर अस्पतालका चिकित्सकसहित ३० जना क्वारेन्टिनमा

२५ जेठ, २०७७ भक्तपुर । भक्तपुरका छैठौं संक्रमित सुत्केरी महिलाको अपरेशनमा संलग्न मध्यपुर अस्पतालका चिकित्सक तथा स्वस्थ्यकर्मीसहित ३० जनालाई क्वारन्टिनमा राखिएको छ ।

सुत्केरी महिला बसेको गाइने वार्ड र अपरेशन कक्ष सिल गरि वार्डमा रहेका विरामी र आफन्त गरी १० जनालाई पनि वार्ड भित्रै निगरानीमा राखिएको छ ।

उपचारमा संलग्न मध्यपुर अस्पतालका ६ जना चिकित्सक, १२ जना नर्स, ११ जना हेल्पर तथा १ जना ल्याव स्टाफलाई क्वारन्टिनमा राखिएको मेडिकल डाइरेक्टर रविना प्रधानाङ्गले जानकारी दिनुभयो ।

उनीहरुको कोरोना परीक्षणको लागि भोलि स्वाब संकलन गरिने अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका सेवाहरु नियमित हुने प्रधानाङ्गले बताउनुभयो ।

दोलखा स्थायी घरभई हाल भक्तपुरको कमलविनायक स्थित कोठामा बस्ने महिलाको मध्यपुर अस्पतालमा जेठ २१ गते अपरेशन गरी सुत्केरी गराइएको थियो । सुत्केरी गराउनु अघि पिसिआर परीक्षण गर्नका लागि स्वाब संकलन गरिएको थियो । परीक्षणको रिपोर्ट हिजो पोजेटिभ आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *