Political Hightlights

एमसीसीका विषयमा छलफल गर्न सत्तारुढ नेकपाले बोलायो सचिवालय बैठक

हिमालय टिभी
२०७७ जेठ २५ गते १४:३९
एमसीसीका विषयमा छलफल गर्न सत्तारुढ नेकपाले बोलायो सचिवालय बैठक

२५ जेठ, २०७७ काठमाडौं । अमेरिकी सहयोग परियोजनाबारे निर्णय गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले मंगलबार सचिवालय समितिको बैठक बोलाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीबारे छलफल हुनेछ ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली एमसीसी सम्झौता संसदबाट तत्काल पारित गर्ने पक्षमा हुनुहुन्छ । तर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले परिमार्जन गर्नुपर्ने पक्षमा जोड दिएका छन ।

एमसीसीबारे अध्ययन गर्न गठित वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलको प्रतिवेदनबारे स्थायी कमिटीमा छलफल हुनुपर्ने उनीहरुको मत छ । कार्यदलले एमसीसी सम्झौता परिर्माजन नगरी संसदबाट पारित गर्न नहुने सुझाव दिएको छ ।

स्रोतका अनुसार एमसीसी पारित गर्ने तर अमेरिकाको ईन्ण्डोप्यासिफक सैन्य रणनीतिलाइ नेपालले समर्थन नगर्ने संकल्प प्रस्ताव पनि पारित गर्ने गरी सहमतिको विकल्प खोज्ने प्रयास भैरहेको छ । नेकपा भित्रको विवादका कारण एमसीसी संसदबाट अघि बढ्न सकेको छैन । सदनबाट पारित भएपछि मात्रै एमसीसी अघि बढ्न सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्