Main News

क्वारेन्टिन व्यवस्थापनमा ध्यान दिन नसकेकोमा सत्तारुढ सांसदहरुकै आपत्ति

हिमालय टिभी
२०७७ जेठ २५ गते १३:००
क्वारेन्टिन व्यवस्थापनमा ध्यान दिन नसकेकोमा सत्तारुढ सांसदहरुकै आपत्ति

२५ जेठ, २०७७ काठमाडौं । सरकारले क्वारेन्टिन व्यवस्थापनमा ध्यान दिन नसकेको भन्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकै सांसदहरुले आपत्ति जनाएका छन् ।

राष्ट्रियसभा बैठकमा बोल्दै सत्तारुनेकपाका मुख्य सचेत खिमलाल भट्टराईले क्वारेन्टिन हिरासत जस्तो भन्दै सुधारमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले नेपाली सेनालगायतका सुरक्षा अंगलाई प्रयोग गरेर व्यवस्थित क्वारेन्टिन बनाउन पनि माग गर्नुभयो ।

यसबाहेक उहाँले पीसीआर परीक्षणको दायरा पनि संकुचित भएको भन्दै बढाउन माग गर्नुभयो । संक्रमितको संख्या ३ हजार पुग्दैमा सरकारले धान्न नसक्ने भन्न नमिल्ने पनि बताउनुभयो ।

कोरोना परीक्षणको रिपोर्टमा हुने ढिलाइप्रति पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले पनि सरकारले कोरोना भाइरस नियन्त्रणमा गम्भीर हुन नसकेको भन्दै आपत्ति जनाउनुभयो । सरकारले निर्दयी बनेको उहाँको आरोप छ ।

अरु सांसदहरले पनि आइसोलेशन, भेन्टिलेटर लगायतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *