Political Hightlights

आरडीटी परीक्षण विधि तत्काल रोक्न सुदूरपश्चिमका सांसदहरुको माग

हिमालय टिभी
२०७७ जेठ २५ गते १२:४१
आरडीटी परीक्षण विधि तत्काल रोक्न सुदूरपश्चिमका सांसदहरुको माग

२५ जेठ, २०७७ काठमाडौं । सुदूरपश्चिम प्रदेश सभामा आरडीटी परीक्षण रोक्नुपर्ने आवाज जोडदार रुपमा उठेको छ ।

प्रदेश सभाको आजको बैठकमा सत्तारुढ नेकपाकै सांसदले आरडीटीबाट जाँच्दा नेगेटिभ रिपोर्ट आएपछि घर पठाइएकामा फेरी जाँच्दा कोरोना संक्रमण रहेको पुष्टि भएकाले यस्तो परीक्षण बन्द गर्न माग गरेका हुन् ।

नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले पनि युरोपियन देशहरुले आरडीटी किटको विश्वसिनयतामाथि प्रश्न उठाई प्रयोग गर्न बन्द गरेको भए पनि नेपालमा त्यसकै प्रयोग भइरहनु दुखद भएको बताउनु भयो ।

प्रदेश सभाका सदस्यहरुले आरडीटीको परीक्षण रोक्न माग गरिरहँदा सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म क्वारन्टिनमा ६ जनाको मुत्यु भईसकेको छ ।

बैतडी र डडेल्धुरामा २(२ तथा डोटी र बाजुरामा एक(एक जनाको क्वारेन्टिनमा मृत्यु भएको हो । उनीहरु मध्ये तीन जनाको कोरोना रिर्पोट नेगेटिभ आएको छ भने अन्यको परीक्षण हुन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्