Main News

लकडाउन खुकुलो बनाउने विषयमा सरकार अझै अलमलमै

हिमालय टिभी
२०७७ जेठ २५ गते ८:०२
लकडाउन खुकुलो बनाउने विषयमा सरकार अझै अलमलमै

२५ जेठ, २०७७ काठमाडौं । चैत ११ गतेदेख जारी लकडाउन खुकुलो बनाउने विषयमा सरकार अलमलमा परेको छ ।

कोभिड १९ सम्बन्धी उच्चस्तरीय समिति र यसैको सचिवालयका रुपमा काम गरिरहेको कोरोना संकट व्यवस्थापन केन्द्र सीसीएमसीले एकअर्कामा बाझिने प्रस्ताव अघि सारेपछि लकडाउन कहिलेदेखि खुकुलो हुन्छ भन्ने अलमल बढेको हो ।

उच्चस्तरीय समितिको हिजो बसेको बैठकमा संयोजक ईश्वर पोखरेलले सयभन्दा कम एक्टिभ केस भएका जिल्लामा जेठ २५ गतेदेखि लकडाउन खुकुलो बनाउने प्रस्ताव पेश गर्नु भएको छ ।

असार १ गतेदेखि अधिकांश व्यवसाय, अन्तरिक हवाई उडान, धार्मिकस्थल, सपिङ मल र आधा यात्रु राखेर लामो दुरीका सवारी साधन चलाउने पोखरेलको प्रस्ताव छ ।

असार १७ गतेपछि लकडाउन थप खुकुलो बनाउने र शैक्षिक संस्थाहरुसमेत खोल्ने पोखरेलको प्रस्तावमा उल्लेख छ । तर, जेठ ३२ सम्म तोकिएको लकडाउन सकिन एक हप्ता बाँकी छँदासम्म पनि समितिले मोडालिटीलाई अन्तिम रुप दिन सकेको छैन ।

तर नेपाली सेनाको समेत सक्रिय सहभागिता रहेको सीसीएमसीले भने असारको सुरुवाती दुई साता लकडाउन खुकुलो बनाउन नहुने बेग्लै प्रस्ताव तयार पारेको छ ।

बन्दाबन्दी खुकुलो बनाउँदा कोरोना संक्रमण अझै बढ्ने र जनमासनसमा त्रासको वातावरण बन्ने उसको निष्कर्ष छ । सीसीएमसीले लकडाउन खुकुलो गर्ने पाँच तह बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *