Main News

संसदमा आज पनि बजेटमाथिको छलफल जारी रहने

हिमालय टिभी
२०७७ जेठ २५ गते ७:५९
संसदमा आज पनि बजेटमाथिको छलफल जारी रहने

२५ जेठ, २०७७, काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठकमा आज पनि बजेटमाथि छलफल हुने भएको छ ।

संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आज राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालयसहित विभिन्न सात मन्त्रालयका बजेटमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।

आज राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगका लागि छुट्याईएको बजेटमाथि छलफल हुने छ ।

यस्तै ऊर्जा, जलस्रोत तथा सिंचाई , शिक्षा, विज्ञान तथा प्रविधि,संघीय मामिला तथा सामान्य प्रशासन,परराष्ट्र, गृह र रक्षा मन्त्रालयको विषयगत छलफल हुने छ ।

आजकै बैठकमा सांसदहरु दुर्गा पौडेल,ज्ञानेन्द्र बहादुर कार्की, प्रेम सुवालले, रामबाबु कुमार यादव, गगन कुमार थापाले, अतहर कमाल मुसलमान, नारायण खड्का, दिलेन्द्र प्रसाद बडू र प्रकाशमान सिंहले विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश गर्नुहुने छ ।

बैठकमा प्रधानमन्त्री के।पी। शर्मा ओलीले “राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गर्नुहुने कार्यसुची रहेको छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *