गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११३ पुग्यो
२५ जेठ, २०७७, पोखरा । गण्डकी प्रदेशमा आज थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै गण्डकी प्रदेशमा संक्रमित हुनेको संख्या १ सय १३ पुगेको छ ।
आज स्याङजामा १४, बाग्लुङ र गोरखामा १०–१० तथा नवलपुरमा ४ जनामा संक्रमण देखिएको गण्डकी प्रदेशको कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
आज स्याङजाको वालिङ नगरपालिकामा १३ जना तथा भिरकोट नगरपालिकामा एक जना, बाग्लुङको वडिगार्ड नगरपालकिामा ९ तथा ढोरपाटन नगरपालिकामा एक जनामा संक्रमण देखिएको हो ।
त्यस्तै गोरखाको गण्डक नगरपालिकामा ९ र पालुङटार नगरपालिकामा १, नवलपरासी सुस्ता पूर्वको हुप्सेकोट नगरपालिकामा ४ जनामा कोरोना संक्रमण देखिएको हो ।
नेपालमा हिजो थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै नेपालमा संक्रमितको संख्या ३ हजार ३ सय ३ पुगेको छ ।
प्रतिक्रिया