Main News

विदेशमा आउनेलाई क्वारेन्टाइनमा राख्न ४७ वटा होटल तयारी अवस्थामा

हिमालय टिभी
२०७७ जेठ २५ गते ७:४५
विदेशमा आउनेलाई क्वारेन्टाइनमा राख्न ४७ वटा होटल तयारी अवस्थामा

२५ जेठ, २०७७ काठमाडौं । विदेशबाट फर्किने नेपालीहरूलाई क्वारेन्टिनमा राख्न ४७ वटा होटेलहरु तयारी अवस्थामा राखिएको छ । सरकारले चारतारेदेखि एकतारे होटलहरुको सुची तयार पारेको हो ।

सूचीमा चारतारे होटलको संख्या ३, तीनतारे होटलको संख्या ९, दुईतारे होटलको संख्या २, एकतारे होटल ५ र पर्यटक स्तरका, तर चारतारे होटल सरहको मूल्य तिर्नुपर्ने २८ होटलहरु छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक गरेको सूचीमा चारतारे होटलहरु ग्राण्ड, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट र स्वीस इन्टरनेशनल होटल सरोवर छन् ।

ग्राण्ड होटल काठमाडौंमा, ड्रिमल्याण्ड रुपन्देहीको मनिग्राममा र स्वीस इन्टरनेशनल पोखरामा छन् । सरकारले विदेशबाट नेपालीहरुलाई उद्धार गर्ने र होटल क्वारेन्टिनमा राख्ने निर्णय गरेको छ ।

होटल बसाइको खर्च स्वयं व्यक्तिहरुले नै तिर्नुपर्ने छ । शुक्रबार म्यानमार र युएईबाट नेपालहरु आएका छन् । अरु देशबाट पनि नेपालीहरु उद्धारको पर्खाइमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *