Main News

बेरोजगार श्रमिकको व्यवस्थापनमा ध्यान दिन सरकारलाई सांसदहरुको आग्रह

हिमालय टिभी
२०७७ जेठ २४ गते १४:३९
बेरोजगार श्रमिकको व्यवस्थापनमा ध्यान दिन सरकारलाई सांसदहरुको आग्रह

२४ जेठ, २०७७ काठमाडौं । सांसदहरुले बेरोजगार श्रमिकको व्यवस्थापनमा ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।

संसद बैठकमा आज पूर्व श्रममन्त्री तथा नेकपा सांसद् गोकर्ण विष्टले कोरोना भाइरसको कारण १६ देखि २० लाख नागरिक बेरोजगार भएकाले उनीहरुलाई व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।

उहाँले विदेशमा अलपत्र श्रमिकलाई उद्धार गरेर उनीहरुलाई स्वदेशमा नै रोजगारी दिनु पर्ने बताउनुभयो । सबैभन्दा बढी श्रम गर्ने ३८ प्रतिशत नागरिक नै सबैभन्दा बढी गरिब रहेको भन्दै उहाँले श्रम गर्नेलाई धनी बनाउने गरी सरकारले सामाजिक न्यायमुलक कार्यक्रम ल्याउन जरुरी रहेको बताउनुभयो ।

यस्तै अरु सांसदले विदेशबाट फर्कने र नेपालका समेत बेरोजगार मानिसलाई रोजगारी दिन सरकारले बजेटमा रोजगारका प्याकेज कार्यक्रम ल्याउन नसकेको आरोप लगाए । उनीहरुले रोजगारका प्याकेज कार्यक्रम समेट्न सरकारलाई आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *