उपत्यकासहित देशभर वर्षा, भोलिबाट मौसममा सुधार हुँदै जाने

२४ जेठ, २०७७ काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा आज पानी पर्ने मौसमविदले बताएका छन् । भोलिदेखि भने मौसममा क्रमिक सुधार हुँदै जाने छ ।
अरेबियन सागरमा विकसित भएको निसर्ग चक्रवातको अप्रत्यक्ष असर र स्थानीय वायुको प्रभावले गएरातीदेखि नै वर्षा भइरहेको हो ।
अहिले प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५ र सूदुरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा र देशका अन्य धेरै स्थानमा हल्का वर्षा भइरहेको छ । हिँजो सुदूरपश्चिम र कर्णाली क्षेत्रमा बढी पानी परेको थियो ।
आज ती क्षेत्रका पहाडी भागमा बदली भएको छ भने तराईका केही भूभागमा पानी परिरहेको छ । हिजो कैलालीको धनगढीमा ६८ मिलिमिटर पानी परेको रेकर्ड गरिएको छ ।
अरेबियन सागरमा चार दिन अगाडि निसर्ग चक्रवात विकसित भएको थियो । त्यसको अप्रत्यक्ष असर नेपालमा परेको छ।
प्रतिक्रिया