Main News

एकैदिन म्यानमार र युएइबाट फर्किए सयाैं नेपाली, यस्तो छ, मातृभूमि फर्कँदाको खुसी ! (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ २३ गते २०:१९
एकैदिन म्यानमार र युएइबाट फर्किए सयाैं नेपाली, यस्तो छ, मातृभूमि फर्कँदाको खुसी ! (भिडियोसहित)

२३ जेठ, २०७७ काठमाडौं । म्यानमार सरकारको सहकार्यमा २६ जना नेपाली स्वदेश फर्किएका छन् । लकडाउनपछि तेस्रो मुलुकबाट सरकारले स्वदेश फर्काएका यी पहिलो हुन् ।

त्रिभुवन विमानस्थलमा खुसी हुँदै बाहिरिएका यी नेपाली साढे २ महिनादेखि म्यानमारमा अलपत्र थिए । पराइको देशमा बेखर्ची भएर बस्नु पर्दा उनीहरुलाई समस्या परेका थियो । सरकारले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि उनीहरु चाहेर पनि स्वदेश फर्कन पाएका थिएनन् ।

तर सरकारले पछिल्लो चोटी विदेशमा अलपत्र नागरिक फर्काउने निर्णय गरेसँगै नेपाल आउने ढोका खुल्यो । र यसमा म्यान्मार सरकारको पनि सहयोग रह्यो । नेपालमा रहेका आफ्ना नागरिक लिन पठाएको विमानमा म्यानमारले नेपालीलाई पनि चढाएर ल्यायो ।

विमालस्थलमा झर्ने वित्तिकै उनीहरुलाई नेपाली सेनाको बसमार्फत बसुन्धराको होल्डिङ सेन्टरमा लगियो ।

दुईघण्टाको हवाई यात्रा पछि आफ्नो भूमि टेकेका उनीहरुले होल्डिङ सेन्टरमा पुगेर केहीबेर आराम गरे । त्यहाँ स्वास्थ्य परीक्षण पनि गरियो । नेपाल आउने सबै म्यानमारमै पिसिआर परीक्षण गरेका र रिपोर्ट पनि नेगेटिभ आएकाहरु छन् । त्यसैले उनीहरुलाई सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर घरमै क्वारन्टिनमा बस्ने गरी पठाइने छ ।

कोरोनाका कारण अर्काको देशमा अलपत्र नेपाली स्वदेश फर्कन पाउँदा खुशी छन् ।

घर फर्कनेहरुले अब सरकारले तोकेका सबै नियम पालना गरेर बसेमा कोरोना संक्रमणको जोखिमबाट बच्न र बचाउन सक्छन् । घर फर्कनेहरुले अब सरकारले तोकेका सबै नियम पालना गरेर बसेमा कोरोना संक्रमणको जोखिमबाट बच्न र बचाउन सक्छन् । किनकी कोरोनाबाट बच्न यो बाहेक अरु कुनै विकल्प छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *