Main News

निजी क्षेत्रका प्रयोगशालालाई पनि कोरोना परीक्षण गर्न दिने सरकारको निर्णय

हिमालय टिभी
२०७७ जेठ २३ गते १३:३२
निजी क्षेत्रका प्रयोगशालालाई पनि कोरोना परीक्षण गर्न दिने सरकारको निर्णय

२३ जेठ, २०७७, काठमाडौं । सरकारले निजी क्षेत्रका प्रयोगशालालाई पनि कोरोना भाइरसको परीक्षण गर्न दिने निर्णय गरेको छ।

सरकारी मातहतका प्रयोगशालाले परीक्षणको चाप धान्न नसकेपछि निजी क्षेत्रलाई पनि परीक्षण गर्न दिने निर्णय गरेको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले इच्छुक निजी क्षेत्रका प्रयोगशालालाई आफ्नो परीक्षण क्षमतासहितको विवरण पेस गर्न आग्रह समेत गरेको छ। निजी क्षेत्रलाई क्षमता, जनशक्ति र मूल्य निर्धारणको विवरण पेस गर्न भनिएको प्रयोगशालाले जनाएको छ ।

प्रयोगशालाका निर्देशक डाक्टर रुना झाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र दैनिक ३ हजार नमूना आउने गरेको जानकारी दिनुभयो ।

प्रयोगशालाको दैनिक क्षमता एक हजार भएपनि यसरी प्रयोगशालाहरूमा क्षमताभन्दा तेब्बर नमूना संकलन हुँदा समयमा परीक्षण हुन नसकेको उहाँको भनाई छ । तर निजी क्षेत्रसँग परीक्षणमा सहकार्य गर्दा यो चाप घट्ने विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *