Main News
सुदूरपश्चिममा थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९२ पुग्यो
२०७७ जेठ २३ गते १३:१०
२३ जेठ, २०७७, धनगढी । सुदूरपश्चिममा आज थप ६ जनामा कोरोना पुष्टि भएको छ।
धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिनुभयो ।
आज डडेल्धुराका ५ र कैलालीका एक जनामा कोरोना पुष्टि भएको उहाँले बताउनुभयो ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्वर १ का १७ र ३८ बर्षीय पुरुष, वडा नम्वर २ का १९, २४ र ५७ बर्षीय पुरुष तथा कैलालीको जानकी गाउँपालिका वडा नम्वर ७ का १६ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या ९२ पुगेको छ।
प्रतिक्रिया