Main News

म्यानमारबाट आएका २६ जना नेपालीलाई बसुन्धारास्थित होल्डिङ सेन्टरमा राखियो

हिमालय टिभी
२०७७ जेठ २३ गते १२:३९
म्यानमारबाट आएका २६ जना नेपालीलाई बसुन्धारास्थित होल्डिङ सेन्टरमा राखियो

२३ जेठ, २०७७ काडमाढौं । सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार कार्य सुरु गरेको छ । आज पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइपुगेका छन् ।

म्यानमारबाट उद्धार गरिएका २६ जना नेपालीलाई काठमाडौंको बसुन्धारास्थित यति पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा राखिएको छ ।

काठमाडौंमा प्रदेश ३, ४ र ५ घर भएकालाई मात्र राख्ने भनिए पनि बर्माबाट आएकाको संख्या थोरै भएकाले सबैलाई वसुन्धारामै राख्न लागिएको हो । सेन्टरमा उनीहरुले बढीमा एक रात बस्नुपर्नेछ । त्यसपछि उनीहरुलाई होम क्वारेन्टाइनमा बस्ने गरी व्यवस्था मिलाइनेछ ।

उनीहरुमध्ये सबैको पीसीआर रिपोर्ट नेगेटिभ भएकाले होम क्वारेन्टाइनमा पठाउन लागिएको हो । यद्यपि, उनीहरुको स्वास्थ्य स्थितिको हरेक विवरण सेनाले राख्नेछ । कोरोना परीक्षण नगरिएकाको हकमा सम्बन्धित प्रदेशमा १४ दिनसम्म क्वारेन्टाइनमा राखेर घर पठाउने सरकारी तयारी छ ।

म्यानमार सेनाको एयरफोर्स बिमानले २६ जना नेपाली नागरिकलाई आज बिहान दश बजेर ५४ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको थियो । कोरोना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड–१९ क्राइसिस म्यानेजमेन्टर सेन्टर (सीसीएमसी) को संयोजनमा उद्दार गरेर ल्याइएका नागरिकको व्यवस्थापन गरिँदैछ । विमानस्थलमा ओर्लिने वित्तिकै उद्दार गरिएकाको ७ दिन अघिसम्मको स्वास्थ्य परीक्षण प्रमाण पत्रको जाँच गरिएको छ ।

नेपाल टेलिकमले पनि उनीहरुलाई विमानस्थलमै निःशुल्क सीम कार्ड वितरण गरेको छ । ती सीम कार्डको माध्यमबाट संक्रमितको गतिविधिबारे जानकारी लिन सहज हुने सीसीएमसीको विश्वास छ । यसअघि सीसीएमसीले ६० हजार सीम कार्डको विश्लेषण गरेर विदेशबाट आएका नागरिकबारे जानकारी संकलन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *