Main News

संसद बैठकमा आजदेखि विनियोजन विधेयकमाथि छलफल शुरु हुने

हिमालय टिभी
२०७७ जेठ २३ गते ९:२७
संसद बैठकमा आजदेखि विनियोजन विधेयकमाथि छलफल शुरु हुने

२३ जेठ, २०७७, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आजदेखि विनियोजन विधेयकको शिर्षकमाथि छलफल शुरु हुने भएको छ ।

संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आज विभिन्न सात मन्त्रालयका बजेटमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ । आज कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, र युवा तथा खेलकूद मन्त्रालयको बजेटमाथि छलफल हुने छ ।

सांसद दुर्गा पौडेलले “विनियोजन विधेयक अन्तरगत आज छलफल हुने सात वटै मन्त्रालयको खर्च रकममा एकसय रुपैयाँ घटाईयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

यस्तै सांसद पुष्पा भुसालले “विनियोजन विधेयक, २०७७ अन्तरगत कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसुचि छ । यस्तै शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले “शिक्षा तथा स्वास्थ्य समितिको वार्षिक प्रतिवेदन, पेश गर्नुहुने छ ।

आजै बस्ने राष्ट्रिय सभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले स्टाण्डर्ड नाप र तौल पाँचौं संशोधन विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *