Main News

तनहुँमा दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ जेठ २३ गते ९:१८
तनहुँमा दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि

२३ जेठ, २०७७, तनहुँ । तनहुँमा ३९ र ४० वर्षका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

ऋषिङ गाउँपालिका ठेगाना भएका २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । योसँँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ ।

तनहुँका दुवै संक्रमित स्थानीय पालिकाको क्वारेन्टिनमा रहेको र अस्पताल लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

तनहुँमा आज भेटिएका २ सँँगै संक्रमितको संख्या ३ पुगेको छ । यसअघि जेठ १८ गते सोही गाउँपालिकाको क्वारेन्टिनमा बसेका २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *