Main News
बारा र पर्साबाट १२ जना कोरोनामुक्त भएर डिस्चार्ज
२०७७ जेठ २२ गते १७:५८

२ जेठ, २०७७ काठमाडौं । कोरोना भाइरस संक्रमणमुक्त भएपछि बारा र पर्साका १२ जना आज डिस्चार्ज भएका छन् । डिस्चार्ज भएकामा ८ जना सुरक्षाकर्मी छन् ।
वीरगंजको नारायणी अस्पताल मातहत रहेको गण्डक कोभिड अस्पतालबाट ५ जना र कलैया अस्पतालको आइसोलेसनबाट ७ जना घर फर्केका हुन् । नारायणी अस्पतालबाट डिस्चार्ज भएकामा दुइजना नेपाली सेनाका जवान छन् ।
लगातार दुईवटा पीसीआर रिपोर्टमा कोरोना संक्रमण नभएको पाइएपछि डिस्चार्ज गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिनुभयो ।
गण्डक अस्पतालमा अब २८ जना संक्रमित छन् । यसैगरी बाराको कलैया अस्पतालको आइसोलेसनबाट ६ जना प्रहरी र एक जना पत्रकार कोरोनामुक्त भएर घर फर्केका छन् । कलैयामा अझै ४३ जना संक्रमित आइसोलेसनमा छन् ।
प्रतिक्रिया