सामाजिक दूरी कायम राखेर बजार खोल्न दिन जिल्ला प्रशासनको सुझाव

२२ जेठ, २०७७ काठमाडौं । लकडाउन जारी रहेका समयमा व्यापारीहरुले एकतर्फी रूपमा पसल सञ्चालन गर्न थालेपछि काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले सामाजिक दूरी कायम गरेर बजार खोल्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ।
लकडाउन जारी नै रहेको समयमा व्यापारीले एकातर्फी रुपमा पसल सञ्चालन गर्न थालेपछि काठमाण्डौ उपत्यकाका प्रमुख जिल्ला अधिकारीले व्यवसायीका प्रतिनिधिसंग छलफल गरेपछि यस्तो निर्णय गरेका हुन ।
छलफलले सामाजिक दूरीसहितको स्वास्थ्य सर्तकता कायम गरी बजार सञ्चालन गर्ने अवस्था सिर्जना गराउने ढंगले अघि बढ्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले व्यापारीबाट प्राप्त सुझावका आधारमा विभिन्न मोडल बनाएर त्यसैका आधारमा व्यवसाय सञ्चालन गर्न लकडाउन खुकुलो बनाउनुपर्ने निष्कर्ष निकालेको जानकारी दिनुभयो ।
प्रतिक्रिया