Main News

कञ्चनपुरमा एक जना स्वास्थ्यकर्मी कोरोना संक्रमित

हिमालय टिभी
२०७७ जेठ २२ गते ९:३१
कञ्चनपुरमा एक जना स्वास्थ्यकर्मी कोरोना संक्रमित

२२ जेठ, २०७७ कञ्चनपुर । कञ्चनपुरमा कोरोना संक्रमितको उपचारमा संलग्न एक स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ ।

कञ्चनपुरको गौरिफन्टा श्रीनगरमा भारतबाट आएका नेपालीहरुको स्वाब संकलनमा खटिएका प्रयोगशालाकर्मी जनक धामीलाई संक्रमण देखिएपछि आइसोलेसनमा राखिएको द्छ ।

धामीले स्थानीय सरकार र संघीय सरकारबीच कामको तालमेल मिल्न नसक्दा स्वास्थ्यकर्मीहरु जोखिममा परेको बताउनुभएको छ ।

हिमालय टेलिभिजनसँगको कुराकानीमा धामीले आफु ठिक रहेको बताउँदै फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्री तत्काल उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *