भारतसँगको सीमा विवाद अन्तर्राष्ट्रियकरण गर्नु हुँदैनः पूर्वप्रम चन्द

२१ जेठ, २०७७, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ लोकेन्द्र बहादुर चन्दले भारतसँगको सीमा विवादलाई अन्तर्राष्टियकरण गर्नै नहुने बताउनुभएको छ ।
हिमालय टेलिभिजनसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री चन्दले विवाद अन्तर्राष्टियकरण गर्दा नेपाललाई आफ्नो भूमि फिर्ता ल्याउन झन अफ्ठेरो हुने बताउनुभयो । वार्ताबाटै समस्या समाधान गरेर जानुपर्ने उहाँको मत छ ।
चन्दले अहिले नै प्रधानमन्त्री स्तरको वार्तामा नजान सुझाव दिनुभएको छ । तर अब कर्मचारीको तहबाट पनि यो विषय लैजान नहुने भन्दै चन्दले मन्त्रीस्तरीय वार्तामा जानुपर्नेमा जोड दिनुभएको छ ।
प्रमाणका आधारमा नेपालले वार्ताबाटै नेपाली भूमि फिर्ता लिन सक्ने र प्रमाण पेश गरेपछि भारतले नेपाली भूमि दिन्नँ भन्न नमिल्ने पनि प्रष्ट पार्नुभयो ।
पूर्वप्रधानमन्त्री चन्दसँगको कुराकानी भोलि बिहीबार बिहान ८ बजे कार्यक्रम समय सन्दर्भमा प्रसारण हुनेछ ।
प्रतिक्रिया