Main News

अब अक्सिजन र भेन्टिलेटर चाहिने बिरामी मात्र अस्पताल भर्ना गरिनेः स्वास्थ्यमन्त्री ढकाल

हिमालय टिभी
२०७७ जेठ २१ गते १५:००
अब अक्सिजन र भेन्टिलेटर चाहिने बिरामी मात्र अस्पताल भर्ना गरिनेः स्वास्थ्यमन्त्री ढकाल

२१ जेठ, २०७७ काठमाडौं । सरकारले कोरोना संक्रमित बढेकोले अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्ने बिरामीलाई मात्रै अस्पताल भर्ना गर्ने भएको छ ।

मन्त्रालयलमा भएको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना संक्रमितको संख्या दुई हजार नाघेकाले अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने जानकारी दिनुभयो । पाउनु पर्नेले उपचार नपाउने अवस्था सिर्जना हुन सक्ने भएकोले सरकारले पुरानो नीति बदलेको उहाँले बताउनुभयो ।

अन्तर्राष्ट्रिय अभ्यास र अध्ययनमा संक्रमित भएकामध्ये ८० प्रतिशत बिरामी सामान्य अवस्थाका हुने भएकाले गम्भीर अवस्थाका बिरामीलाई अस्पताल र उपचारको अभाव नहोस् भन्नाका लागि अब नयाँ नीतिमा जाने उहाँले प्रष्ट पार्नुभयो ।

अब एक महिनामा १५ हजारसम्म सङ्क्रमित हुन सक्ने आँकलनका आधारमा त्यसको पाँच प्रतिशतका लागि भेन्टिलेटरसहितको अस्पतालमा राख्न सकिने प्रबन्धमा सरकार लागेको जानकारी पनि मन्त्री ढकालले दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *