Political Hightlights

जेठ २५ गतेभित्र कर तिर्नुपर्ने सरकारी ताकेताको भद्र अवज्ञा गर्न सभापति देउवाको आग्रह

हिमालय टिभी
२०७७ जेठ २१ गते १४:४७
जेठ २५ गतेभित्र कर तिर्नुपर्ने सरकारी ताकेताको भद्र अवज्ञा गर्न सभापति देउवाको आग्रह

२१ जेठ, २०७७, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेठ २५ भित्र कर तिर्नुपर्ने सरकारी ताकेताको भद्र अवज्ञा गर्न आग्रह गर्नुभएको छ ।

आन्तरिक राजस्व विभागले जेठ २५ भित्र कर चुक्ता गर्न आग्रह गरेकोमा कांग्रेस सभापति देउवा त्यसको अवज्ञाका पक्षमा उभिनुभएको छ । व्यवसायीहरुले पनि सरकारी नीतिको विरोध विरोध गरेका छन् ।

लकडाउनका कारण समस्यामा परेका साना ठूला व्यवसायीलाई राहत दिनुको सट्टा लकडाउनको समयमा कर तिर्न ताकेता गरेर सरकार नागरिकको पीडाप्रति असंवेदनशील बनेको देउवाको आरोप छ ।

करदाताले प्रतिकूल परिस्थिति भोगिरहेका बेला सरकारले सहजीकरण गर्नुपर्ने भन्दै देउवालको विज्ञप्तिमा त्यसलाई भद्र अवज्ञा गर्नुभन्दा अर्को विकल्प नागरिकसँग नहुने उल्लेख गर्नुभएको छ ।

कांग्रेस सभापति देउवाले लकडाउनले मुलुकको समग्र क्षेत्रमा परेको असरको समग्र मूल्याकंन गर्न र जेठ २५ भित्र कर तिर्न गरिएको ताकेता फिर्ता लिन समेत सरकारसँग माग गर्नुभएको छ ।

अनावश्यक खर्च घटाउन मितव्ययीताका लागि गर्नुपर्ने वा गर्न सरकार गम्भीर नभएको तथा पीसीआर परीक्षण गरेर साना—ठूला व्यवसाय क्रमशः संचालन गर्ने कार्ययोजना नबनाएको भन्दै देउवाले सरकारको आलोचना गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्