Main News

संक्रमित फेला परेपछि केएमसी अस्पतालका सबै सेवा बन्द

हिमालय टिभी
२०७७ जेठ २१ गते १३:४७
संक्रमित फेला परेपछि केएमसी अस्पतालका सबै सेवा बन्द

२१ जेठ, २०७७, काठमाडौं । काठमाडौंको सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालका सबै सेवा बन्द गरिएको छ ।

अस्पतालका २ जना स्वास्थ्यकर्मी र २ जना विरामीमा कोरोना संक्रमणको पुष्टि भएपछि अस्पतालले सेवा बन्द गरेको हो ।

अस्पतालले सूचना निकालेर कोरोना पुष्टि भएका विभागमा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पतालको सबै सेवा अर्को सूचना नआउन्जेलका लागि बन्द गरिएको जनाएको छ । स्वास्थ्य मन्त्रालयले हिजो काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हिजो पुष्टि गरेको थियो ।

बिरामी र कर्मचारीलाई संक्रमणको जोखिम हुने भएकाले अस्पतालको आकस्मिक सहितका सबै उपचार सेवा बन्द गर्न बाध्य भएको अस्पतालले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *