अस्पतालले भर्ना नलिएपछि कोरोना संक्रमित मन्दिरको हलमा !

२१ जेठ, २०७७, कैलाली । कैलालीको गौरिगंगा नगरपालिकाका ५ जना कोरोना संक्रमितलाई सेती प्रादेशिक अस्पतालले भर्ना नलिएपछि मन्दिरको हलमा राखिएको छ ।
हिजो राति अस्पताल पुर्याएका ५ जनालाई आइसोलेसन वार्ड अभाव भएको भन्दै अस्पतालले भर्ना नलिएपछि गौरिगंगा नगरपालिकामा रहेको मन्दीरको हलमा राखिएको नगरपालिकाका प्रमुख भिम देउवाले जानकारी दिनुभयो ।
हिजो गौरीगंगा नगरपालिकाको कालिका माविको क्वारेन्टिनमा रहेका १९, २०, २४, २८ र ३२ वर्षीय पुरुषहरुलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये २ जनालाई स्वास्थ्यमा समस्या देखिएको र अन्य ३ जना सामान्य रहेको देउवाले जानकारी दिनुभयो ।
स्थानीय तहले नै आइसोलेसन वार्ड बनाएर उनीहरुलाई राख्ने तयारीमा जुटेको मेयर देउवाले बताउनुभयो । आज दिनभरमा ५० शैयाको आइसोलेसन अस्पताल बनाउने तयारीमा आफुहरु जुटेको मेयर देउवाले जानकारी दिनुभयो ।
प्रतिक्रिया