२१ जेठ, २०७७, काठमाडौं । लकडाउनको मोडालिटिका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज विज्ञहरुसँग छलफल गर्दै हुनुहुन्छ । बैठक दिउँसो ४ बजे बालुवाटारमा बस्ने छ ।
आर्थिक, सामाजिक, स्वास्थ्यलगायत क्षेत्रका २५ जना विज्ञलाई छलफलका लागि बालुवाटार बोलाएको उहाँको सचिवालयले जनाएको छ ।
सरकारले उक्त छलफलपछि मात्रै लकडाउनको मोडालिटीबारे निर्णय लिने तयारी गरेको छ। सरकारले कोरोना भाइरस नियन्त्रणका लागि जेठ ३२ गतेसम्म लककडाउन लम्ब्याए पनि नेपालमा संक्रमितहरुको संख्या बढिरहेको छ।
लकडाउनले आर्थिक क्षेत्र डामाडोल हुन सक्ने भन्दै व्यवशायीले लकडाउनको मोडालिटि परिवर्तन गर्न सरकारलाई दवाव दिइरहेका छन् ।