Main News

लकडाउनको मोडल परिर्वतन गर्ने गृहकार्यमा सरकार

हिमालय टिभी
२०७७ जेठ २० गते १९:१६
लकडाउनको मोडल परिर्वतन गर्ने गृहकार्यमा सरकार

२० जेठ, २०७७, काठमाडौं । सरकारले लकडाउनको मोडल परिर्वतन गर्ने गृहकार्य थालेको छ ।

कोभिड नाइन्टिन रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनको मोडल परिर्वतन गर्ने विषयमा निजी क्षेत्रका सबै पेशा व्यवसायका छाता संगठनका प्रतिनिधिसंग छलफल गरेको हो । उनीहरुले लकडाउनको स्वरुप फेरेर अर्थतन्त्र चलायमान बनाउन सुझाव दिएका छन ।

उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जोखिमको तह र क्षेत्र वर्गीकरण गरी विस्तारै लकडाउन खुकुलो बनाएर अर्थतन्त्र चलायमान बनाउन आग्रह गरिएको जानकारी दिनुभयो ।

छलफलमा सहभागी उद्योगी व्यवसायीले लकडाउनको मोडल नफेर्ने हो भने कोरोना भन्दा भोकमरीको समस्या विकराल हुने तर्फ सरकारको ध्यानाकर्षण गरेका छन । चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले लकडाउन लम्बिदै जाँदा जबरजस्ती उद्योग बताउनुभयो ।

महासंघ र चेम्बर जस्तै यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले यातायातका साधन पनि संञ्चालन गर्नु अत्यावश्यक भइसकेकाले सामाजिक दुरी कायम गरी संञ्चालनको व्यवस्था मिलाउन सुझाव दिएको जानकारी दिनुभयो ।

लामो समय निर्यातयोग्य उद्योग बन्द हुदा मुलुककै अर्थतन्त्रमा असर गरेको र बैक व्याज, घर भाडा, ज्याला र कर तिर्न समेत उद्योग सञ्चालनको आवश्यक रहेको निर्यात व्यवसायी महासघका महासचिव दुर्गाविक्रम थापाको भनाई छ । सरकार लकडाउन लचिलो बनाउन सकारात्मक भएको उद्योगी व्यवसायीको विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *