Main News

कर्णाली र सुदूरपश्चिममा २९ र कपिलवस्तुमा थपिए १३ जना कोरोना संक्रमित

हिमालय टिभी
२०७७ जेठ २० गते १५:१०
कर्णाली र सुदूरपश्चिममा २९ र कपिलवस्तुमा थपिए १३ जना कोरोना संक्रमित

२० जेठ, २०७७, काठमाडौं । कर्णाली र सुदूरपश्चिममा आज २९ जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पहिचान भएको हो ।

कर्णाली प्रदेश सरकारले विज्ञप्ति निकालेर सुर्खेत, सल्यान र अछाममा संक्रमित थपिएको जनाएको हो । नयाँ संक्रमितमा सुर्खेतको वीरेन्द्रनगरका १४ देखि ५० वर्ष उमेरका ११ जना छन् । यस्तै सल्यानको दार्मा गाउँपालिकाका विभिन्न वडाका ३५ देखि ५० वर्षका ९ जना छन ।

अछामको मंगलसेन नगरपालिका र मेल्लेख गाउँपालिकाका २२ देखि ४० वर्ष उमेरका ९ जनामा पनि संक्रमण देखिएको छ । नयाँ संक्रमितमा एकजना मात्रै महिला छन् । भारतबाट आएर विभिन्न क्वारन्टिनमा बसेकामा संक्रमण पहिचान भएको प्रदेश सरकारले जनाएको छ । सबैभन्दा पछि संक्रमण देखिएको कर्णालीमा संक्रमितको संख्या २ सय ६२ पुगेको छ ।

त्यसैगरी कपिलवस्तुमा आज १७ जनामा कोरोना संक्रमण देखिएको छ । योसंगै कपिलवस्तुमा संक्रमितको संख्या ३ सय ३४ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालका अनुसार आज सबैभन्दा बढी शिवराज नगरपालिकामा संक्रमित थपिएका छन् । नगरका विभिन्न वडामा १५ संक्रमित पहिचान भएका छन् । उनीहरु सबै भारतबाट आएर क्वारन्टिनमा बसेकाहरु हुन् । वाणगंगा नगरपालिका र महाराजगंज नगरपालिकामा पनि एकएकजना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *