Main News

आफ्नो विवरण अद्यावधिक गर्न नेपाल फर्कन चाहने नेपालीहरुमा बेलायतस्थित दूतावासको आग्रह

हिमालय टिभी
२०७७ जेठ २० गते १२:२८
आफ्नो विवरण अद्यावधिक गर्न नेपाल फर्कन चाहने नेपालीहरुमा बेलायतस्थित दूतावासको आग्रह

२० जेठ, २०७७, लण्डन । नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न लण्डनस्थित नेपाली राजदूतावासले आह्वान गरेको छ ।

नेपाल सरकारको यही जेठ १२ गतेको निर्णयबमोजिम नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपालीका लागि यस्तो व्यवस्था गरिएको राजदूतावासले जनाएको छ ।

कोभिड–१९ महामारीको परिणामस्वरुप बन्दाबन्दीको कारणले नेपाल फर्कन नपाएका र छिट्टै नेपाल फर्कनुपर्ने बाध्यतामा रहेका बेलायत, आयरल्याण्ड र माल्टामा रहेका नेपाली नागरिकलाई प्राथमिकताका आधारमा नेपाल फर्कने व्यवस्था गर्न लागिएको राजदूतावासले जानकारी गराएको छ ।

नेपाल फर्कन चाहनेले आफ्नो नाम, राहदानी नम्बर, स्थायी ठेगाना, नेपाल फर्केपछि बस्ने ठेगाना, नेपालको सम्पर्क नम्बर, नेपाल फर्कनुपर्ने कारण लगायतका विवरण बुझाउनु पर्ने छ ।

राजदूतावासको फेसबुक पेज, ट्वीटर वा इमेलमार्फत पाँच दिनभित्र आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ । माल्टामा रहेका करिब पाँच हजार नेपाली विद्यार्थी र कामदारले उद्दारको अपिल गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *