Main News
बैतडीमा क्वारेन्टिनमा रहेकी एक युवतीको मृत्यु, स्वाब परीक्षण गर्ने तयारी
२०७७ जेठ २० गते १२:०७
२० जेठ, २०७७, बैतडी । बैतडीमा क्वारेन्टिनमा रहेकी एक युवतीको मृत्यु भएको छ ।
बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाको मालिका मावि क्वारेन्टिनमा रहेकी २२ वर्षीय युवतीको आज बिहान मृत्यु भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले हिमालय टेलिभिजनलाई जानकारी दिनुभयो ।
ती युवती केही दिन अघि भारतबाट आएकी थिइन् । प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार मृतक युवतीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
प्रतिक्रिया