कोरोना जितेको खुसीमा अस्पतालमै नाचगान (भिडियोसहित)
१९ जेठ, २०७७, बुटवल । यो कुनै मेला वा जात्राको नृत्य हैन, न त होलीकै नृत्य हो । यो एउटा यस्तो उत्सवको नृत्य हो । जुन उत्सव यसअघि कहिल्यै भएको थिएन । यो कोरोना जितेको उत्सव हो । र, यो नृत्य कोरोना भाइरसको संक्रमणमुक्त भएपछिको खुसी ।
रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा उपचारपछि २५ जना कोरोना संक्रमित निको भएर घर फर्कने क्रममा यसरी खुसीले नाचे । उनीहरुलाई अस्पतालले खादा र फूल दिएर विदाई गर्यो । उनीहरुले खुसी थाम्न सकेनन् ।
यो अस्पतालबाट २५ जना डिस्चार्ज भएकामा ४ वर्ष र १० वर्षकी बालिका पनि छन् । संक्रमित भएर अस्पताल आउँदा निन्याउरो मुहारका उनीहरुको मुहारमा डिस्चार्ज हुँदा छुट्टै उत्साह देखिन्थ्यो ।
यो अस्पतालबाट २५ जना डिस्चार्ज भएकामा ४ वर्ष र १० वर्षकी बालिका पनि छन् । संक्रमित भएर अस्पताल आउँदा निन्याउरो मुहारका उनीहरुको मुहारमा डिस्चार्ज हुँदा छुट्टै उत्साह देखिन्थ्यो ।
विदाईका लगि प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल अस्पताल पुग्नुभयो । अस्पतालबाट फर्कनेहरु अरु सबै कोरोना संक्रमित पनि निको हुने विश्वासमा छन् ।
पछिल्लो पटक देशभर कोरोना संक्रमित बढ्दै गएका छन् । सँगै सँगै निको हुने पनि धमाधम अस्पतालबाट डिस्चार्ज भइरहेका छन् ।
प्रतिक्रिया