Main News

एकैपटक २७४ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १८४६ पुग्यो

हिमालय टिभी
२०७७ जेठ १९ गते १९:४५
एकैपटक २७४ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १८४६ पुग्यो

१९ जेठ, २०७७, काठमाडौं । नेपालमा कोरोना संक्रमण दिनदिनै बढ्दो क्रममा छ । आज एकैपटक २ सय ७४ जना संक्रमित थपिएका छन् ।

संक्रमण शुरु भएयता एकै पटक यति ठुलो संख्यामा संक्रमित थपिएको यो पहिलो हो । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार पछिल्लो पटक २ सय २६ संक्रमित थपिएका थिए ।

पछि मन्त्रालयले विज्ञप्ति मार्फत प्रदेश ५ मा १३ संक्रमित बढेको जनाएको छ । यस्तै कर्णाली प्रदेश सरकारले पनि विज्ञप्ति निकालेर थप ३५ संक्रमित पहिचान भएको जनाएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या १८ सय ४६ पुगेको छ । पछिल्लो पटक कर्णाली प्रदेशमा मात्रै १ सय भन्दा बढी संक्रमित थपिएका छन् । सबैभन्दा पछि संक्रमण देखिएको कर्णालीमा संक्रमितको संख्या २ सय ३३ पुगेको छ ।

डोटीमा पहिलो पटक संक्रमण भेटिएको छ । यो सँगै ५९ जिल्लामा संक्रमण पुगेको छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरका ११ महिने बालकमा पनि संक्रमण देखिएको छ । भारतको हरियाणाबाट ६ दिनअघि आमा बुवासँगै आएका बालकमा संक्रमण देखिएको छ । उनी आमा बुवासँगै क्वारन्टिनमा थिए ।

पछिल्लो पटक सबैभन्दा बढी दैलेखमा ५० र कपिलवस्तुमा ४७ संक्रमित फेला परेका छन् । दैलेखको नारायण नगरपालिकामा मात्रै ३२ संक्रमित थपिएका छन् । उनीहरु सबै भारतबाट आएर क्वारन्टिनमा बसेकाहरु हुन् । कपिलवस्तुको शिवराज, बुद्धभुमि, मायादेवी, बाणगंगा र महाराजगन्ज नगरपालिकामा संक्रमण देखिएको छ ।

वाणगंगाका २ जनावाहेक अन्य सबै क्वारन्टिनमा बसेका हुन् । २ जना भने यसअघि भेटिएका संचारकर्मीको सम्पर्कमा आएका व्यक्ति हुन् । प्रदेश २ को सर्लाहीमा पनि एकैदिन ३८ संक्रमित थपिएका छन् । उनीहरु सबै भारतबाट आएर क्वारन्टिनमा बसेकाहरु हुन् ।

जुम्लामा १९, रौतहटमा १८, कैलालीमा १४, सल्यानमा १० दाङमा ९ संक्रमित थपिएका छन् । जुम्लाका संक्रमित मध्ये दुई जना सुरक्षाकर्मी हुन् । धनुषामा ८, बाँकेमा ७, सिरहा र सुर्खेतमा ५–५, नवलपरासी पुर्वमा ३ तथा झापा, रुपन्देही, पाल्पा र महोत्तरीमा २(२ संक्रमित फेला परेका छन् । यस्तै गुल्मी, पश्चिम नवलपरासी, वैतडी, डोटी, अछाम, कञ्चनपुर र मकवानपुरमा १(१ संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *