Main News

कर्णाली प्रदेशका दुई सांसदलाई प्रदेशसभा प्रवेशमा रोक

हिमालय टिभी
२०७७ जेठ १९ गते १४:३८
कर्णाली प्रदेशका दुई सांसदलाई प्रदेशसभा प्रवेशमा रोक

१९, जेठ, २०७७, सुर्खेत । दैलेखबाट निर्वाचित प्रदेशसभा सदस्य अम्मरबहादुर थापा र सुशिल थापालाई एक साताका लागि प्रदेश सभा प्रवेश रोक लगाइएको छ ।

कोरोना संक्रमण क्षेत्रमा खटिएका दुवैबाट प्रदेशसभामा समेत कोरोना जोखिम हुने भन्दै एक साता होम क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । दैलेखमा कोरोना संक्रमण फैलिएपछि उहाँहरु उद्धार, राहत, क्वारेन्टाइन व्यवस्थापन, औषधि उपचारमा खटिनु भएको थियो ।

कोरोना प्रभावित क्षेत्रमा दिनरात खटिएका सांसदलाई एक साता होमक्वारेन्टाइनमै बस्न आग्रह गर्दै प्रदेशसभा प्रवेश रोक लगाइएको जनाइएको छ । सभामुख राजबहादुर शाहीले आइतबार फोन सम्पर्क गरी दुवै प्रदेश सदस्यहरुलाई एक सातासम्म प्रदेशसभामा नआएर होम क्वारेन्टाइनमा बसिदिन आग्रह गर्नुभएको छ ।

सांसदद्वयलाई सात दिन होम क्वारेन्टाइन बसेपछि कोरोनाको पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आएपछि मात्रै प्रदेश सभामा सहभागी गराइने जनाइएको छ । दुवै सांसदलाई गेटमै रोक्ने गरी सुरक्षाकर्मीलाई सर्कुलर गरिएको जनाइएको छ । पीसीआर रिपोर्ट बिना प्रदेश सभामा कुनै पनि कर्मचारी, सांसद कसैलाइ पनि प्रवेश निषेध गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *