कर्णालीमा थप ४३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६६ पुग्यो

१९ जेठ, २०७७, सुर्खेत । कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनमा गरिएको परीक्षणमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णालीमा संक्रमितको संख्या १६६ पुगेको छ ।
नयाँ संक्रमितमध्ये २४ जना दैलेखका छन् । यो सँगै दैलेखमा संक्रमितको संख्या ७२ पुगेको ५ । नयाँ संक्रमित मध्ये १९ जना जुम्लाका छन् ।
जुम्लामा संक्रमितमध्ये दुई जना सुरक्षाकर्मी रहेको प्रतिष्ठानले जनाएको छ । जुम्ला प्रहरीमा कार्यरत ३४ र २७ वर्षीष प्रहरीलाई कोरोना संक्रमण भएको हो ।
कर्णाली प्रदेशको सुर्खेतमा २९, सल्यानमा २५, कालिकोटमा १८ र मुगुमा एक जनामा संक्रमण पुष्टि भइसकेको छ । दैलेखमा कोरोनाकै कारण एक जनाको मृत्यु भएको छ ।
थप संक्रमित देखिएसँगै कर्णाली प्रदेशको पछिल्लो अवस्थाबारे थप जानकारी दिन सहकर्मी रमेशकुमार पाण्डे प्रत्यक्षा सम्पर्कमा हुनुहुन्छ ।
प्रतिक्रिया