Main News

कोरोना परीक्षणमा ढिलाइ, क्वारन्टिनमा कोरोना संक्रमण फैलने त्रास (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ १८ गते १९:३९
कोरोना परीक्षणमा ढिलाइ, क्वारन्टिनमा कोरोना संक्रमण फैलने त्रास (भिडियोसहित)

१८ जेठ, २०७७, बुटवल । भारतबाट आएका नेपालीलाई स्थानीय तहका क्वारेन्टिनमा राखिएको छ । रुपन्देहीको सैनामैना नगरपालिकाबाट भारत तथा तेश्रो मुलुकमा बसेकाको तथ्याङ्क संकलन गर्दै अहिले क्वारेन्टाईनको ब्यवस्थापन गरिएको छ। तर क्वारेन्टिनमा बसेकाले भने छिट्टो परीक्षण हुन नसक्दा संक्रमणको खतरा बढ्दै गएको बताउँछन।

भारतको दिल्लीबाट जेठ ४ गते सुनौली आइपुगेका रुपन्देहीको सैनामैनाका दुर्गा खनाल तीन दिन नाकामा नै बस्नुभयो । अर्घाखाँचीका स्थानीय तहले नाकामा रहेका नागरिकलाई उद्धार गर्दा उहाँ पनि त्यै गाडीमा सैनामैनासम्म आउनुभयो । त्यसपछि बनकट्टाको एक क्वारेन्टाइनमा ७ दिन राखियो । अहिले शहिद नारायण पोखरेल रामापुर क्याम्पसमा बनाइएको क्वारेन्टिनमा हुनुहुन्छ । सँगै आएका साथीलाई कोरोना संक्रमण पुष्टि भएको छ । तर उहाँको अहिलेसम्म कोरोना परीक्षणा भएको छैन । कोरोना परीक्षण नहुँदा चिन्तित हुने उहाँ एक्लो हुनुहुन्न ।

सैनामैना नगरपालिकामा एउटा आइसोलेसन अस्पताल र ४ वटा क्वारेन्टिन सञ्चालनमा छन् । ती सबै क्वारन्टिनमा भारतबाट आउनेहरु थपिँदै छन् । नयाँ आएकालाई पनि पुरानासँगै मिसाएर राखिन्छ । जसले गर्दा क्वारन्टिनमा बस्दा नै संक्रमित भइने हो किन भन्ने चिन्ता बढ्दो छ ।

नगरपालिकामा ३ सय जना क्वारेन्टिनमा छन् । भारतबाट आउन चाहने ८ सय ५९ जनाले नाम लेखाएका छन् । उनीहरुलाई पनि ल्याउने तयारी छ । त्यसैले नगरपालिकाले क्वारन्टिन बढाउँदै स्वाव संकलन तिव्रता पार्ने योजना बनाएको छ ।

भारतबाट आउनेलाई क्वारेन्टिनमा राख्नु सकारात्मक छ । तर क्वारन्टिनका नाममा सामान्य मानवीय सुविधा पनि उपलब्ध नगराउनु गलत छ । त्यसैले क्वारन्टिनमा राखेसँगै उनीहरुको कोरोना परीक्षण पनि गर्नु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *