नेपालमा कोरोनाका कारण थप १ जनाको मृत्यु, मृतकको संख्या ८ पुग्यो
१८ जेठ, २०७७, काठमाडौं । कोरोना संक्रमणबाट ज्यान गुमाउने ८ पुगेका छन् ।
बाजुराको सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा आज बिहान मृत्यु हुने २ वर्षे बालिकामा पनि कोरोना संक्रमण रहेको पुष्टि भएको छ । ती बालिकासँगै मृतक ८ पुगेका हुन् ।
यस्तै डडेलधुर, गुल्मी र काठमाडौंमा ज्यान गुमाउने ३ जनाको स्वाब परीक्षण भइरहेको मन्त्रालयले जनाएको छ । डडेलधुरा बहुमुखी क्याम्पसको क्वारन्टिनमा रहेका ६ वर्षे बालकको आज बिहान भएको मृत्यु भएको थियो ।
आमाबुबासँगै गौरीफण्टा नाका भएर आएका ती बालकलाई अरुसँगै गाउँ लैजाने गरी डडेलधुरा बहुमुखी क्याम्पस क्वारेन्टाइनमा राखिएको थियो । क्वारन्टिनमा रहेकै बेला राति बालक विरामी परेका थिए ।
उनलाई तत्तकालै अस्पताल लगे पनि डाक्टरले मृत घोषित गरेको प्रहरीले जनाएको छ । यस्तै गुल्मीमा आत्महत्या गरेका एक पुरुष र काठमाडौंको एक निजी अस्पतालमा मृत्यु भएका व्यक्तिको स्वाव परीक्षण भइरहेको मन्त्रालयले जनाएको हो ।
प्रतिक्रिया