Main News
दैलेख जिल्ला अस्पतालको सेवा एक साताका लागि बन्द
२०७७ जेठ १८ गते १५:०८
१८ जेठ, २०७७, दैलेख । दैलेख जिल्ला अस्पतालको सेवा एक हप्ताका लागि रोकिएको छ ।
अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि आएका एक जना विरामीको आरडिटी विधिबाट परीक्षण गर्दा कोरोना प्रतिरोधी एन्टिबडी देखिएकाले अस्पतालको आकस्मिक बाहेकका सबै सेवा एक हप्तालाई बन्द गरिएको हो ।
कोरोना संक्रमणका कारण एक जना सुत्केरीको मृत्यु हुँदा पनि काभ्रेको धुलिखेल अस्पतालले कुनै सेवा नरोकी विरामीको उपचार गरेको थियो । तर जिल्ला अस्पताल दैलेख भने आरडिटी परीक्षण्मा पोजेटिभ देखिएको भन्दै सेवा एक हप्तालाई बन्द गरेर गैरजिम्मेवार बनेको छ ।
आरडिटीमा पोजेटिभ देखिएका विरामी मधुमेहका पनि विरामी रहेकाले उनलाई थप उपचारका लागि सुर्खेत पठाइएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया