Main News
संविधान संशोधन विधेयक संसदमा पेस
२०७७ जेठ १८ गते १२:३२
१८ जेठ, २०७७, काठमाडौं । संविधान संशोधन विधेयक संसदमा पेस भएको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७ प्रतिनिधिसभामा पेस गर्नुभएको हो ।
संविधानको अनुसूची ३ मा रहेको निशान छापमा भएको नक्सा नेपालको परिमार्जित वास्तविक नक्सा अनुरुप बनाउनुपर्ने भएकाले संविधान संशोधन विधेयक ल्याएको मन्त्री तुम्बाहाङ्फेले संसदमा जानकारी दिनुभयो ।
प्रतिनिधिसभाको आजको बैठकमा संविधान संशोधन विधेयक पेस गर्न अनुमति माग्ने प्रस्ताव निर्विरोध पारित भएपछि मन्त्री तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक पेस गर्नुभयो । । कुनै पनि सांसदले प्रस्तावमा विरोधको सूचना राखेनन ।
प्रतिक्रिया