Main News

कोरोना संक्रमणबाट दैलेखमा एक जनाको मृत्यु, नेपालमा मृतक संख्या ७ पुग्यो

हिमालय टिभी
२०७७ जेठ १७ गते १९:०३
कोरोना संक्रमणबाट दैलेखमा एक जनाको मृत्यु, नेपालमा मृतक संख्या ७ पुग्यो

१७ जेठ, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ७ मा रहेको क्वारन्टिनमा मृत्यु भएका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनी १२ दिन अगाडि भारतको गुजरातबाट आएर क्वारन्टिनमा बसेका थिए ।

कर्णाली प्रदेश सरकारले मृतकमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ । यद्यपि संघीय सरकारको स्वास्थ्य मन्त्रालयले भने यसबारे औपचारिक जानकारी दिएको छैन ।

दुल्लुको विद्युत कार्यालयमा बनाइएको क्वारन्टिनमा बसेका उनको आज बिहान मृत्यु भएको थियो । बिहानको खाजा खाए लगत्तै ढलेका उनलाई चिकित्सकले जाँच गरेपछि मृत्यु भएको घोषणा गरेका थिए ।

उनको शव मृत्यु भएकै कोठामा राखिएको छ । उनीसँगै एउटा कोठामा ३ जना बस्ने गरेका थिए । उनको जेठ १५ गते स्वाब संकलन गरी परीक्षणका लागि जुम्ला पठाइएको थियो ।

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि मृतकमा कोरोना संक्रमण देखिएको जनाएको छ । नेपालमा यसअघि सिन्धुपाल्चोक, गुल्मी, बाँके, ललितपुर, पर्सा र अर्घाखाँचीमा एक–एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *