Main News
दैलेखमा थप १४ जना कोरोना संक्रमित फेला, कर्णालीमा संक्रमितको संख्या ६० पुग्यो
२०७७ जेठ १७ गते १२:५०

१७ जेठ, २०७७, दैलेख । दैलेखको नारायण नगरपालिकामा थप १४ जनामा कोरोना संक्रमण देखिएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा क्वारन्टिनमा बसेका १४ जनाको रिर्पोट पोजेटिभ आएको हो ।
प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेका अनुसार संक्रमित १७ देखि ५० बर्ष उमेरका छन् । नयाँ संक्रमण देखिएका सबै भारतबाट आएर क्वारन्टिनमा बसेकाहरु हुन् ।
यसरी क्वारन्टिनमा बसेका मध्ये १ हजार ४० जनाको स्वाब निकालिएको छ । पहिलो चरणको परिक्षणमै नयाँ संक्रमित थपिएका हुन् ।
नारायण नगरपालिकामा यसअघि ८ जनामा संक्रमण देखिएको थियो । यो सँगै उक्त नगरपालिकामा संक्रमितको संख्या ३० पुगेको छ । कर्णाली प्रदेशमा संक्रमितको संख्या ६० भएको छ ।
प्रतिक्रिया