Main News

भारतमा लकडाउन खुकुलो भएसँगै रुपैडिया नाका हुँदै नेपाल भित्रने बढे

हिमालय टिभी
२०७७ जेठ १७ गते १२:१९
भारतमा लकडाउन खुकुलो भएसँगै रुपैडिया नाका हुँदै नेपाल भित्रने बढे

१७ जेठ, २०७७, बाँके । भारतमा लकडाउन खुकुलो भएपछि नेपालगञ्ज नाका हुँदै घर फर्कनेहरुको भिड बढ्दै गएको छ ।

पछिल्ला दिनहरुमा दैनिक करिब ३ हजार मानिस भारतको रुपैडिया नाका हुँदै घर फर्किरहेका छन । जेठ ७ गतेदेखि १५ गतेसम्म नेपालगन्ज नाका हुँदै २२ हजार ९ सय ४२ जना घर फर्किसकेका छन ।

भारतका विभिन्न शहरहरुबाट नेपालगञ्जको सीमावर्ती नाकासम्म चल्ने बसहरुमा नेपाली यात्रुहरुको भिड बढ्दै गएको भारतको उत्तर प्रदेश परिवहन निगमका चालक जयश खानले बताउनुभयो ।

शुरुका दिनहरुमा सीमा नाकाबाट आरडीटी चेक गरेर सम्बन्धित जिल्लाहरुमा पठाउने गरिए पनि पछिल्ला दिनहरुमा चेक जाँचबिना नै बस चढाएर सम्बन्धित जिल्लासम्म पठाउने गरिएको छ ।

भारतबाट आएका यात्रुहरुलाई उनीहरुको सम्बन्धित पालिका कै क्वारेन्टाइनमा स्वास्थ्य परीक्षण गर्ने ब्यवस्था मिलाइएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताउनुभयो ।

रुपैडिया नाका हुँदै नेपाल प्रवेश गर्ने सबै नेपाली नागरिकहरुको नाम ठेगानासहितको विवरण तयार पारी नाकाबाटै सम्बन्धित जिल्लासम्म पुर्‍याउने गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *