Main News

कोरोना संक्रमितको भर्नामा अस्पतालको ढिलासुस्ती, संक्रमित गेटबाहिर बस्न बाध्य (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ १७ गते ११:५६
कोरोना संक्रमितको भर्नामा अस्पतालको ढिलासुस्ती, संक्रमित गेटबाहिर बस्न बाध्य (भिडियोसहित)

१७, जेठ, २०७७, सुनसरी । कोरोना भाइरस संक्रमण पुष्टि भएका झापाका २७ जना संक्रमितलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालले भर्ना लिन ढिलाई गरेको छ ।

अस्पतालले भर्ना नलिएपछि संक्रमितहरु रातभर अस्पतालको गेट बाहिरै बस्न बाध्य भएका थिए । प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेको पहलमा आज बिहान उनीहरुको भर्ना प्रक्रिया शुरु भएको हो ।

विरामीलाई भर्ना नगर्नु अस्पतालको लापरवाहीको पराकाष्टा भएको बताउँदै मन्त्री घिमिरेले खाली रहेको बेडमा भर्ना नलिएकोबारे अस्पताल प्रशासनसँग प्रष्टिकरण माग्नुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो ।

पुष्टि भएलगत्तै उनीहरुलाई झापाको कचनकवल गाउँपालिका–४ को क्वारेन्टाइनबाट साँझ ६ बजेतिर बसमार्फत धरान लगिएको थियो । तर, धरानको कोभिड अस्पतालले राख्ने ठाउँ नभएको भन्दै भर्ना नलिएपछि संक्रमितहरु रातभरि गेटबाहिरै खुला आकासमा रात विताउन बाध्य भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *