भारतीय पूर्वमन्त्रीले नै भने–नेपालको सन्दर्भमा भारतको बोली र व्यवहार ठीक भएन

१६ जेठ, २०७७, काठमाडौं । भारतीय जनता पार्टीका सांसद तथा पूर्वमन्त्री सुब्रमण्यम स्वामीले नेपालका सन्दर्भमा भारतीय कुटनीतिज्ञको बोली र व्यवहार ठीक नभएको बताएका छन ।
उनले नेपालसँग कुरा गर्दा आफ्ना कुटनीतिज्ञलाई मीठो बोल्नका लागि भन्न ट्वीटर मार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सुझाव दिएका छन । उनले यदि नेपालीहरु अलग्गै महसुस गरिरहेका छन भने त्यसलाई चिनेर भारतले काँध फराकिलो पारी नेपालीको भावना शान्त पार्न पनि सुझाव दिएका छ ।
उनले नेपालसँग रगतको नाता भएको पनि उल्लेख गरेका छन । तर अरु नेताले जस्तै उनले पनि नेपाल कान्छो भाई भनेर नेपालप्रति आफ्नो गलत बुझाई प्रकट गरेका छन ।पछिल्लो समय नेपाल र भारतबीच सीमा विवाद चर्किएको छ ।
२०१९ को नोभेम्बर तीनमा भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि सीमा विवाद चुलिएको थियो ।
नेपालले भारतलाई वार्ताका लागि पटक(पटक आग्रह गर्दा पनि जवाफ नफर्काई उल्टै लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक उद्घाटन गरेको छ । र, त्यसपछि नेपालले आप्नो भूमि समेटेर नयाँ नक्सा जारी गरेको छ ।
प्रतिक्रिया