Main News

कोरोना संक्रमितलाई लैजाने विषयमा रौतहटमा झडप, एक दर्जन हवाई फायर

हिमालय टिभी
२०७७ जेठ १६ गते १२:०९
कोरोना संक्रमितलाई लैजाने विषयमा रौतहटमा झडप, एक दर्जन हवाई फायर

१६ जेठ, २०७७, रौतहट । कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा लैजान पुगेको प्रहरी र स्वास्थ्यकर्मीलाई स्थानीयले रोक्न खोजेपछि रौतहटको इशनाथ नगरपालिकामा तनाव भएको छ ।

तनाव बढेपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाई फायर गरेको थियो । इशनाथ नगरपालिका–७ को जोकाहास्थित अनवारुल इस्लामिक मदरसाको क्वारेन्टाइनमा राखिएका २ व्यक्तिलाई आइसोलेसनमा लैजाने विषयमा विवाद भएपछि शुक्रबार बिहान तनाव भएको हो ।

दुई संक्रमितलाई अर्को स्थानमा रहेको आइसोलेसनमा लैजान पुगेका चिकित्सक र सुरक्षाकर्मीलाई स्थानीयले त्यहीँ राख्न माग गर्दै अवरोध गरेपछि तनाव भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।

आक्रोसित स्थानीयले प्रहरीको गाडीमा तोडफोड समेत गरेका छन् । प्रहरी र स्वास्थ्यकर्मीमाथि स्थानीय जाइलागेपछि जिल्ला प्रहरी कार्यालय, रौतहटबाट थप प्रहरी घटनास्थल पुगेका थिए । सो क्रममा प्रहरीले अवस्थालाई काबुमा राख्न हवाई फायर गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *