Main News
धनुषास्थित भारतसँगको जटही र खजुरी नाका अनिश्चितकालका लागि बन्द
२०७७ जेठ १६ गते ११:३९

१६ जेठ, २०७७, धनुषा । भारतमा रहेका नेपालीलाई भित्रिनका लागि खुला गरिएको धनुषाको जटही र खजुरी नाका आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ ।
केही दिनअघि बसेको मन्त्री परिषद् बैठकले भारतवाट आउन २० वटा नाका कायम गर्दा धनुषा नपरेपछि दुई नाका सिल गरिएको हो ।
धनुषाको जटही र खजुरी नाकामा भारतबाट स्वदेश फर्कनेको भिड बढेको र व्यवस्थापनमा पनि समस्या भएको थियो । चाप बढ्न थालेपछि धनुषा प्रशासनले दुवै नाकामा क्वारेन्टिनसहित अन्य व्यवस्थापन गरेर पुनः नाका सञ्चालनमा ल्याइने सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले जानकारी दिनुभयो ।
गत बुधबार खान नपाएका कारण एक जनाको मृत्यु भएको थियो । सङ्घीय सरकारको निर्णयानुसार जटही र खजुरी नाका बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाइ छ ।
प्रतिक्रिया