सीमा समस्या समाधान गर्न वार्ताका लागि भारतले कस्तो ‘भरोसापूर्ण वातावरण’ खोज्यो ?
१६ जेठ, २०७७, काठमाडौं । भारतले नेपालसँगको सीमा समस्या समाधानका लागि भरोसापूर्ण वातावरण बनाएर वार्ता गर्न सकिने बताएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सीमा विवाद समाधानका लागि सबै छिमेकीसँग वार्ता गर्न तयार रहेको बताउँदै त्यसका लागि भरोसापूर्ण वातावरण चाहिने बताएका छन् ।
बिहीबार भारतीय विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता श्रीवास्तवले वार्ताका लागि संवेदनशीलता, सम्मान, विश्वास र भरोसापूर्ण वातावरण चाहिने बताएका हुन् ।
नेपालका पछिल्ला घटनाक्रमलाई आफूहरुले नजिकबाट नियालिरहेको बताउँदै प्रवक्ता श्रीवास्तवले नेपालले विशेष सावधानीपूर्वक समस्या समाधानमा लाग्नुपर्ने बताएका हुन् ।
वर्षौंदेखि भारतको कब्जामा रहेका लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर सरकारले नयाँ नक्सा जारी गरेसँगै भारत वार्ताका लागि तयार देखिएको हो ।
भारतको पछिल्लो भनाइप्रति नेपालका कुटनीतिज्ञको जवाफ आउन थालेको छ । परराष्ट्र मामला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक रुपक सापकोटाले भारत नरम रुपमा प्रस्तुत हुन खोजेको दाबी गर्नुभएको छ । ।
प्रतिक्रिया