Main News

यो महिना मात्र सुदूरपश्चिममा भारतबाट ४० हजार बढी नेपाली भित्रिए

हिमालय टिभी
२०७७ जेठ १६ गते ११:१५
यो महिना मात्र सुदूरपश्चिममा भारतबाट ४० हजार बढी नेपाली भित्रिए

१६ जेठ, काठमाडौं । जेठ २ गते यता सुदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर झण्डै ४० हजार नेपाली भारतबाट स्वदेश फर्केका छन् ।

भारतका विभिन्न शहरबाट दुई हप्तामा ३९ हजार ८ सय ६० नेपाली भित्रिएका हुन् । रोजगारीका लागि भारतका विभिन्न शहर गएकाहरू आउनेक्रम जारी छ ।

हिजो बैतडीको झुलाघाट नाकाबाट समेत नेपाली भित्रिएका छन् । जिल्ला प्रशासन कार्यालय, कैलालीका अनुसार जेठ २ गतेदेखि अहिलेसम्म गौरीफन्टा नाकाबाट २८ हजार ८ सय ७९ जना भित्रिएका छन् ।

बुधबारसम्म ८ हजार नेपाली गड्डाचौकी नाकाबाट भित्रिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । भारतमा अलपत्र परेका हजारौँ नेपालीलाई ल्याउन नेपाल भारत सीमा नाका खुल्ला गरिएसँगै उनीहरूको आउने क्रम बढ्दै गइरहेको छ ।

सीमा क्षेत्र तथा भारतको विभिन्न क्वारेन्टाइनमा रहेका नेपालीलाई भित्र्याउने काम भइहेको छ । सीमा खुल्ला गरिएपछि पछिल्लो पटक सुदूरपश्चिमका नौ जिल्लालगायत अन्य जिल्लाका नागरिकलाई सम्बन्धित पालिकाले आफैँ सवारीसाधन पठाएर लगिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *